समाचार

सरकार अभिभावक बन्नेछ : मन्त्री अर्याल

padhma aryal

१६ असोज, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई अभिभावकविहीन भएको महसुश हुन नदिने बताएकी छन् ।

स्याङ्जाको वालिङ­१४ तमादीमा आज आयोजित श्रद्धाञ्जलिसभामा मन्त्री अर्यालले पहिराले पुरिएर नौ जनाको ज्यान गएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई कहिल्यै पनि अभिभावकको कमी भएको महसुश  हुन नदिने बताएकी हुन् ।

मन्त्री अर्यालले भनिन्, “परिवार गुमाउनुको पीडालाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्नुपर्छ । भोलि रुने दिन आउन दिंदैनौँ सरकार यहाँहरुको साथमा छ ।”

पहिला घर भएको ठाउँमा अब बस्न नहुने भएकाले घर बनाउनका लागि सरकारले सहयोग गर्ने मन्त्री अर्यालले बताइन् । असोज ८ गते बिहान माया नेपालीको घर माथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरसमेत भत्किएपछि बाँकी बचेका परिवारका सदस्यले विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन्  ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *