
१६ असोज, रौतहट । रौतहटको पूर्वीभेग बृन्दाबन नगरपालिकामा एकजना बालिकाको बलात्कारपछि हत्या भएको छ । रौतहटको गढीमाई नगरपालिका १ बस्ने सिताराम साहका १४ वर्षया छोरी संझा साहको बलात्कार गरि हत्या भएको हो ।
रौतहटको वृन्दावन नगरपालिका ४ हरैया पल्टुवा मामा घर देवेन्द्र साहको घरमा बस्दै आएकी किशोरी बिहान १० बजे तिर घाँस काट्न गएकी थिइन् । साँझसम्म घर नफर्केपछि खोजबिन गर्दा उखुबारीमा नग्न अवस्थामा मृत फेला परेकी हुन् ।
घटनाको प्रकृति हेर्दा कसैले बलात्कार गरि हत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ । घटनाको बारेमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस