समाचार

डा. केसीको जीवन रक्षाका लागि गम्भीर बन्न राणाको आग्रह

Pashupati Rana

१६ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले चिकित्सा शिक्षाको सुधार जस्तो लोकहितको मागप्रति सरकार उदासिन रहेको भन्दै चिन्ता प्रकट गरेका छन् । उनले आज ट्विट गर्दै चिन्ता प्रकट गरेका हुन् ।

‘चिकित्सा शिक्षाको सुधारको जिम्मा सरकारकै हो । तिनै माग राखेर १९ दिनयता अनसनरत डा. गोविन्द केसीको यही माग सम्बोधन गर्ने सरकार तत्पर छैन,’ भनेका छन् ।

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै नागरिक जीवनरक्षाको बोध गर्न सरकारलाई अध्यक्ष राणाले आह्वान गरेका छन् । डा. केसीका जायज माग पूरा गर्न गम्भीर बन्नु पर्ने भन्दै उनले सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

‘उनको स्वास्थ्य चिन्ताजनक स्थितिमा छ । नागरिक जीवन रक्षाको भार बोध गर्दै गंभीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ ट्विटमा लेखिएकोे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस