समाचार

कस्तो रहला आज दिनभरको मौसम ?

clear weather

१७ असोज, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको मध्यपश्चिम तथा उत्तर-पश्चिम भागमा न्युन चापीय प्रणाली रहेको छ ।

महाशाखाले हाल देशका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदलीको र बाँकी प्रदेशहरुको पहाडी भूभागमा आंशिक बदली  रहेको जनाएको छ ।

यसैगरी, आज दिनभरको मौसम भने  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आन्शिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने जनाइएको छ ।

भने, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति  प्रदेश १, प्रदेश  २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश  ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *