
१७ असोज, काठमाडौं । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । अमेरिका र ब्राजीलपछि कोरोनाबाट धेरै मृत्यु हुनेमा भारत तेस्रो नम्बरमा आएको छ ।
भारतमा पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शनिबार विहानसम्म मृतक संख्या १ लाख ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार ७९ हजार ७७४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ लाख ७१ हजार ७३४ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ५४ लाख २४ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४५ हजार ९१८ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस