समाचार

प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पलाई स्वास्थ्यलाभको कामना

kp oli

१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पको  शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पलाई २४ घण्टा नबित्दै अस्पताल भर्ना गरिएको छ । हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत ट्रम्पलाई आज बिहानबाट ज्वरो पनि आएको चिकित्सकहरूले जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस