राजनीति

नेकपा सचिवालय बैठक आज बस्दै

sachiwalaya

१७ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) दिउँसो बस्ने भएको छ ।

शुक्रबार बिहान  नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छलफलमा आज बैठक बोलाउने सहमती भएको थियो ।

बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने बताइएको छ । आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनको लागि ठोस मापदण्ड बनाउने विषयमा छलफल भइरहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी एकलौटी रुपमा मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेपछि शीर्ष नेताहरु असन्तुष्ट भएका छन् ।

केही समयदेखि दुई ओली र अध्यक्षबीच कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्ने विषयमा सहमती हुन नसक्दा मन्त्रिपरिषद् पुनर्गठनको काममा ढिलाई भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस