
१७ असोज, बाजुरा । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा ५ को कवाडीका एकै परिवारका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ब्यपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोसी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेका छन् ।
बेपत्ता उनीहरुको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरु परिचालन भएका छन् । यद्यपी हालसम्म पनि उनीहरु नभेटिएको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजित महराले बताए ।
उनीहरूको खोजी निरन्तर गरिरहेका डीएसपी महराले जानकारी दिँदै भने, ‘शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएका थिए ।’
प्रतिक्रिया दिनुहोस