१७ असोज, काठमाडौं । नेकपाको सचिवालय बैठक स्थगित भएको छ । शनिबार ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एक नेताले जानकारी दिए । उनका अनुसार बैठक आइतबार ४ बजे बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालले बैठक सरेको जानकारी नेताहरुलाई गराएका थिए ।
आजको बैठकमा सरकारले गरेको राजदूत नियुक्ति, प्रदेश ५ को राजधानी तोक्ने विषय, मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल हुने भएको थियो ।
आजको बैठकमा कतिपय नेताहरुले प्रधानमन्त्री ओलीप्रति तिव्र असन्तुष्टि जनाउने तयारी गरेका थिए । बैठकमा चर्काचर्कीको सम्भावना पनि भएपछि स्थगित भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस