खेलकुद समाचार

लिभरपुलका सेडियो मानेमा कोरोनाभाइरस पुष्टि

sadio mane

१७ असोज, काठमाडौं । इंग्लिस च्याम्पियन लिभरपुलका फरवार्ड साडियो मानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई सामान्य ज्वरोको लक्षण देखिएको र सेल्फ आईसोलेशनमा राखेर उपचार सुरु गरिएको क्लबले जनाएको छ ।

अफ्रिकी मुलुक सेनेगलका फरवार्ड मानेले बिविहार राति भएको आर्सनल विरुद्धको काराबाओ कपको खेल गुमाएका थिए । ५ दिनअघि प्रिमियर लिगको खेलमा भने उनले सहभागिता जनाएका थिए ।

यसअघि लिभरपुलका स्पेनिस खेलाडी थियागो अल्कान्तारालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी हाल आईसोलेशनमा रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *