
१७ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन भएको छ ।
अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनसनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरु पुरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागि युवाहरुले बताएका छन् ।
दर्शनमा सहभागी युवाहरुले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भनी नारा लगाएका छन् । केसीले भदौ २९ गते जुम्लामा अनशन थालेका थिए। त्यसपछि काठमाडौं आएका उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।
दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्नेलगायतका माग उनले राखेका छन्। डा केसीले राखेका माग आम जनताको भएका तत्काल आँखा खोल्न युवाहरुले सरकारलाई माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस