समाचार

काठमाडौं उपत्यकामा थपिए ११ सय ७७ संक्रमित

Kathmandu

१७ असोज, काठमाडौं । काठमाडौंमा १००१ सहित उपत्यकामा थप ११ सय  ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११ सय ७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका १ हजार १, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, शनिबार नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस