समाचार

अपडेटः प्रधानमन्त्रीका तीन सल्लाहकार र एक स्वकीय सचिवमा काेराेना पुष्टि

Bishnu rimal and surya thapa

१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको हो ।

उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले भने, ‘केही चालकहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।’

यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस