समाचार

नेकपा प्रदेश ५ संसदीय दलको बैठक : प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्ने निर्णय

Office of Chief Minister and Council of Ministers, Butwal

१७ असोज, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले प्रदेश राजधानी दाङ बनाउने र नाम लुम्बिनी राख्ने पक्षमा मतदान गर्ने भएको छ ।

प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको थियो । उक्त बिषयमा आज बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने  निर्णय गरेको नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

उनले आज सवै जिल्लाका सांसदहरुले आफ्नो धारण राखेको र अन्नतः सरकारले ल्याएको निर्णयलाई समर्थन गर्ने निष्कर्षमा पुगिएको बताए ।  उनले पार्टीले प्रस्तावको पक्षमा मतदान गर्न ह्वप पनि लगाएको बताए ।

प्रदेशको स्थायी राजधानी दाङ कि बुटवल भन्ने विषयमा पटकपटक विवाद हुँदै आएको छ । नेकपाको आजको बैठकमा पनि केही सांसदहरूले प्रदेश राजधानी बुटवल नै उपयुक्त भएको धारणा राखे पनि पार्टी निर्णय मान्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

प्रस्ताव पास गर्न दुई तिहाई आवश्यक पर्ने हुन्छ । प्रदेश सरकारमा ८७ सांसद छन् भने तीमध्ये ६१ सांसद नेकपाका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस