समाचार

प्रदेश राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध कांग्रेसले आन्दोलन गर्ने

congress butwal

१७ असोज, रुपन्देही । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलन गर्ने निर्णय गरेको छ ।

शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको प्रस्तावविरुद्ध आइतबार (भोलि) रुपन्देही बन्द गरी बृहत् प्रदर्शन गर्ने निर्णय गरेको हो । सांसदहरुलाई प्रदेशसभा बैठकमा जान नदिने रुपन्देही कांग्रेसले जनाएको छ ।

प्रदेशसभामा शुक्रबार दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेस भएको थियो । सो प्रस्तावमा यही असोज १९ गते छलफल गर्ने तयारी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस