समाचार

प्रधानमन्त्री निवासका ७६ जनामा कोरोना संक्रमण पुष्टि

PM Nibas Baluwatar

१७ असोज, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतका सचिवालयका सदस्य समेत रहेका छन् ।

कोरोना परीक्षण भएकामध्ये प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतको भनाइ छ । तर बाक्लो भेटघाट र चहलपहल हुने बालुवाटारमा कार्यरत ७६ जनामा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङमा परेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस