
१७ असोज, चितवन । भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर विनय त्रिवेणी गाँउपालिका २ दुम्कीबासका ३६ वर्षीय पुरुष रहेका छन् ।
श्वासप्रश्वास र कलेजो सम्बन्धी समस्या रहेका उनको अस्पतालको कोभिड आईसीयूमा उपचारका क्रममा दिउँसो ४ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार ती पुरुष आज दिउँसो १२ बजे कोरोना संक्रमणसहित अस्पतालमा भर्ना भएका थिए । उनी असोज १३ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका थिए लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेको पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस