समाचार

पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई पनि कोरोना संक्रमण

Gagan Thapa

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थापामा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ ।

केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १५९ जनाको स्वाब संकलन गरिएको थियो । केन्द्रीय सदस्य थापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठ र तीनजना सुरक्षाकर्मी र कर्मचारीमा पनि कोरोना देखिएको हो ।

थापाले भने, ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म घरमै आइसोलेसनमा छु । यस बीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस