समाचार

प्रदेशको राजधानीका विषयमा प्रदर्शन भएपछि बुटवलमा ४ दिनका लागि निषेधाज्ञा

butwal pardasan

१७ असोज, काठमाडौं । प्रदेश ५ को राजधानी दाङमा राख्ने प्रस्ताव गरेपछि बुटवलमा भएको विरोध प्रर्दशनलाई रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चार दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रदेश पाँचको नामाकरण र स्थायी राजधानीको प्रस्ताव निर्णयका लागि प्रदेश सभामा पेश भएपछि बुटवलमा आन्दोलन सुरु भएको र आन्दोलनले हिंसात्मक रुप लिनसक्ने आशंका गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

बुटवल उप-महानगरपालिकाभित्र सरकारी सवारी साधन तोडफोड गर्ने, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेजस्ता गतिविधिहरु देखिएको हुँदा असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधित क्षेत्रमा र्याली र दबाबमूलक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ।

यस क्षेत्रका संघसंस्था र राजनीतिक दलले प्रदर्शन गरेपछि प्रशासनले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको सूचनामार्फत जनाएको छ ।

यस्तै, मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइने छैन ।

press release butwal

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस