
१८ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम २८ अर्ब नाघेको छ । जबकियो संस्थाको वार्षिक बजेट नै २१ अर्ब ८६ करोड ४५ लाखरुपैयाँ मात्रै छ । विश्वविद्यालयसभाले शुक्रबार यो बजेट पारित गरेको हो ।
बेरुजु फर्स्योट गर्न विश्वविद्यालयले हरेक वर्ष सेमिनार, तालिम तथा अभिमुखीकरण कार्यक्रममा लाखौं रकम खर्च गर्दै आएको छ । तर, बेरुजुको यो तथ्यांकले लगानीको परिणाम भने शून्यप्रायः देखाएको छ । महालेखापरीक्षक कार्यालयको गत वर्षको ५६ औं वार्षिक प्रतिवेदनमा त्रिविको कुल बेरुजु २१ अर्ब १२ करोड ७२ लाख ३१ हजार रुपैयाँ थियो । त्यसमध्ये एक वर्ष अवधिमा ८९ करोड ६६ लाख ८१ हजार रुपैयाँ संपरीक्षणबाट फर्स्योट भएको थियो ।
प्रतिक्रिया दिनुहोस