
१८ असोज, नेपालगन्ज । कोरोना भाइरस (कोभिड १९) बाट कञ्चनपुरकी सुत्केरी महिलाको मृत्यु भएको छ।
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमित कञ्चनपुर महेन्द्रनगर-२ की २९ वर्षीया सुत्करी महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।
कञ्चनपुरको धनगढीस्थित सेती अस्पतालमा उनले एक छोरा र छोरी (जुम्ल्याहा) शिशुलाई जन्म दिएकी थिइन् । त्यस क्रममा उच्च रक्तश्राव भएपछि उनको पाठेघरको शल्यक्रिया गरिएको थियो ।
रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि यही असोज १५ गते उनलाई नेपालगज मेडिकल कलेज भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आज बिहान ४ः३० बजे उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस