
१८ असोज, काठमाडौं । आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ ।
बैठक साँझ ४ बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोनासंक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो ।
शनिबार सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले तत्काललाई सबै किसिमका भेटघाट बन्द गरिसकेका छन् । यसअघि सचिवालय बैठक बालुवाटारमा बस्दै आएको थियो।
प्रधानमन्त्री ओलीले पार्टीसँग छलफल नै नगरी मुख्य सचिव र केही राजदूत नियुक्तीको सिफारिस गरेपछि पार्टीभित्र असन्तुष्टि उत्पन्न भएको थियो। सोही विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो।
प्रतिक्रिया दिनुहोस