
१८ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा सेवा अधिकृत (पीएसओ) फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्रचण्डको नयाँ पीएसओका रुपमा प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद घिमिरेलाई खटाएको छ ।
यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी नरेशराज सुवेदीको रोल्पामा सरुवा भएपछि घिमिरेलाई खटाइएको हो ।
दाहालको सुरक्षामा हाल डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीका ३० गरी ५९ जना खटिने गरेका छन् । प्रचण्डमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो ।
प्रतिक्रिया दिनुहोस