समाचार

आठ केजी अफिमसहित राेल्पामा पाँच जना पक्राउ

afim sahit pakrau

१८ असोज, राेल्पा । रोल्पामा लागुऔषध कारोबार गर्ने पाँच जनालाई पक्राउ गरेको छ । रोल्पाको सुनिलस्मृती गाउँपालिका– २ खुङग्रीस्थित रोल्पा–भालुवाङ (दाङ) सडक खण्डमा इप्रका खुङग्रीले चेकजाँचको क्रममा अफिमसहित पाँच जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले सुलिचौरबाट दाङतर्फ जाँदै गरेको बा १५ च ३७७६ नम्बरको स्कारपियो गाडी चेकजाँच गर्ने क्रममा ८ किलो ३०० ग्राम अफिमसहित तीन महिला र दुई पुरूष पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा जिल्ला रुकुम भुमे गापा ४ बस्ने बर्ष ३७ कि ज्योती घर्ती सोही स्थान बस्ने बर्ष ३० कि निसा पुन ,जिल्ला दाङ हारपुर गा।पा ६ रवाना बस्ने बर्ष ४५ कि दिलप्रभा बुढा,जिल्ला सुर्खेत गुरवाकोट नपा ९ चिसापानी बस्ने बर्ष ३३ को मोतीलाल परियार, रोल्पा सुनछहारी गापा १ सेराम घर भई हाल दाङ घोराई उमनपा-४ राप्तीटोल बस्ने बर्ष ३५ को यामबहादुर घर्ती मगर गाडी चालक रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि मात्रै रोल्पा प्रहरीले थबाङबाट ९ किलो अफिमसहित दुई महिलालाई पक्राउ गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *