समाचार

जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

rape

१८ असोज, सिरहा । सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ ।

मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।

वडाध्यक्ष मियाँविरुद्ध मुद्दा दर्ता भएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । यसबारे वडाध्यक्ष मियाँसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस