समाचार

सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि, काम प्रभावित

Supreme court

१८ असोज, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशलगायत केही कर्मचारीहरुलाई कोरोना संक्रमण भएको छ । न्यायाधीश, केही अधिकृत र कर्मचारीहरुमा कोरोना पुष्टि भएको र उनीहरु होम क्वारेन्टिन र सेल्फ आइसोलेसनमा बसेको जनाइएको छ ।

सर्वोच्चले आइतबार एक सूचना जारी गर्दै एक न्यायधीशलगायत केही अधिकृत र कर्मचारीहरुमा कोरोना संक्रमित भएको र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु होम आइसोलेशनमा बसेको जनाएको छ ।

न्यायाधीशहरु होम आइसोलेशनमा भएपछि आज न्यायाधीश मनोज शर्माको इजलासमा मात्र पेसी तोकिएको छ । हाल सर्वोच्चमा ३ दर्जनको हाराहारीका कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस