
१८ असोज, नवलपुर । पूर्वी नवलपरासीको कावासोती जंगलमा आइतबार विहान एक जना महिलाको दुवै कान काटेर सुनका गरगहना लुटिएको छ । कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी कावासोती– १३ बुढौली कुनानिवासी ४६ वर्षीया तुलसी पौडेलको गहना लुटिएको हो ।
तुलसीका श्रीमान दण्डपाणीका अनुसार कान काटेर २ वटा ठूला मडहरी (रिंग) लुटेका हुन् । उनको टाउकोमा पनि चोट लागेको छ । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् ।
प्रहरीले जंगलको बाटो हुँदै बजारतर्फ आउँदै गर्दा कान काट्ने लुटेराको खाजी भइरहेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस