समाचार

म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेर बेच्ने अर्को गोदाममा प्रहरीको छापा

kalanki chhapa

१८ असोज, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद नाघेका सामानमा नयाँ मिति राखेर खाद्यवस्तु बेच्ने ए.एस.टी. प्रा.लि.को अर्काे गोदाममा छापा मारेको छ ।

प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीको एक घरमा आइतबार बिहान छापा मारेको हो ।

दुई तल्लाको उक्त घरमा ठूलो मात्रामा चकलेट, केकमा राख्ने चेरी, पिठो लगायतमा रिलेबलिङ गरी बेच्न गरेको वृत्तका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

भारत  समस्तिपुर विहारका वर्ष ५२ का सञ्चालक अनिल कुमार बंका, आन्नद कुमार अवस्थी,  प्रविण बंका र सुमित अग्रवाल पक्राउ परेका समेत डीएसपी बोहराले जानकारी दिए ।

यसअघि बिहीबार पनि म्याद सकिएका सामानमा नयाँ मिति राख्ने गरेको ३ वटा विशाल ग्रुपको गोदाममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छापा हानेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस