समाचार

डा. गोविन्द केसीको माग अविलम्ब पुरा गरी जीवन रक्षा गर्न कांग्रेसको माग

sher bahadur deuba

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. गोविन्द केसीकाे माग तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न माग गरेका छन्। देउवाले आइतबार विज्ञप्ती जारी गर्दै केसीका माग सम्बोधन गरी जीवन रक्षा गर्न सरकारसँग माग गरेका हुन्।

डा. केसीको अनशन २१औं दिन पुगेर स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दासमेत सरकारले वार्ता गरेर माग पूरा गर्न गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर भएको कांग्रेसको ठहर छ ।

चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमसमेतका केसीका मागहरु केवल एक व्यक्तिका माग मात्रै नभएर प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका मागहरू भएका विज्ञप्तिमा उल्लेख छ ।

“जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर सरकारले सुरुमा डा. केसीप्रति दुर्व्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्टतन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ,” सभापति देउवाले भनेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस