
१८ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा १ हजार ३७३ जनासहित १ हजार ५९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौंका १ हजार ३७३ जना, ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस