
१८ असोज, काठमाडौं । कोरोना संक्रमणबाट आइतबार देशभर थप सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेका छन् ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुने महिलामा चितवनकी ५५ बर्षिय, मकवानपुरकी ५ दिनको बालिका, बाँकेकी २५ बर्षिय, कन्चनपुरकी २९ बर्षिय महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका ७७ बर्षिय पुरुष रहेका छन् भने काठमाडौँका ५५ बर्षिय पुरुष र बाँकेका ६० बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसहित हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस