समाचार

भीमफेदी सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो (अपडेट)

road accident

१८ असोज, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् ।

ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै तथा एक जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । थप मृत्यु हुनेमा झापा जिल्लाकी २५ वर्षीया देवीकुमारी गिरी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीरर रहेको प्रहरीले जनाएको छ । घटनास्थमा मृत्यु भएका दुई जनाको पहिचालन खुल्न नसकेको बताइएको छ । आज बिहान ११ बजे हेटौंडाबाट काठमाडौं लागि छुटेको दक्षिणकाली सुमो सेवाको गाडी चिसापानी गढीमा दुर्घटना हुँदा सडकबाट झण्डै १०० मिटर तल खसेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस