समाचार

६ महिनापछि संचालनमा आयो धुलिखेल जिपलाइन, असोज महिनाभर ३०% छुट

jeepline dhulikhel

१८ असोज, काठमाडौं । कोरोना कहरले बन्द भएको धुलिखेल जिपलाइन ६ महिना पछि असोज १७ गतेदेखि पूनः संचालनमा आएको छ । फेस्टिभल अफरअन्तर्गत जिपलाइनको शुल्कमा ३०% छुट गरिएको जिपलाइनका संचालक वल्ड वाइड एड्भेन्चरका अध्यक्ष केदार थापाले बताए ।

क्लासिक जिपलाइनको २ हजार ५ सयमा छुट गरि १ हजार ७ सय ५०, सुपरम्यान  जिपलाइनको ३ हजार पाँच सयमा छुट गरि २ हजार ४ सय ५० र टेण्डम (जोडी) जिपलाइनको ४ हजार ५ सयमा छुट गरि ३ हजार १ सय ५० कायम गरिएको थापाले जानकारी दिए ।

जिपलाइनसँगै फोटो भिडियो प्याकेजमा समेत छुट दिइएको थापाले बताए। क्लासिक र सुपरम्यान जिपलाइनमा फोटो र भिडियोको लागि ७ सय रुपैयाँ लाग्ने भएपनि हाल २ सय रुपैयाँ कायम गरेको र  टेन्डम (जोडि) जिपलाइनमा फोटो र भिडियोको लागि एक हजार रुपैयाँ लाग्ने भएपनि हाल ३ सय रुपैयाँ कायम गरेको छ । साथै धुलिखेल जिपलाइनले संचालनमा ल्याएको एडभेन्चर पार्कमा पनि निःशुल्क  प्रवेश पाइने संस्थापक एवं सिइओ भुपेस श्रेष्ठले बताए ।

कोभिड१९ का कारण सुरक्षा सावधानी अपनाउँदै कर्मचारीको एक एक हप्ताको सिफ्टमा काम गरिएको अध्यक्ष थापाले बताए ।

२०७५ फागुनदेखि व्यवसायिक रुपमा धुलिखेल जिपलाइन सुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेशन छ। क्लासिक, सुपरम्यान र टेन्डम गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ । जिपलाइनसँगै ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरि बनाइएको) रेस्टुरेन्ट पनि छ ।

खावास्थित ‘ल्याण्डिङ स्टेशन’ मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस