समाचार

सिन्धुलीका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने

sindhuli school

१८ असोज, सिन्धुली । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मा आबद्ध सिन्धुलीका निजी विद्यालयहरुले ५ महिनाको कुनै पनि शुल्क नलिने भएका छन् ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) सिन्धुलीले आईतवार सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण पठन पाठन नभएको ५ महिनाको कुनै पनि शुल्क नलिने घोषणा गरेको हो ।

कोरोनाका कारण निजी विद्यालय संचालन संकटमै रहेका र यस्तो विषम परिस्थितिमा पनि निजी विद्यालयले समाजिक उत्तरदायित्व बहन गर्न सक्छन् भन्ने सन्देश दिने गरी सिन्धुलीले नमुना काम गरेको प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले बताए ।

लकडाउनका बेला पनि वैकल्पिक माध्यमबाट अनलाइन कक्षा, होमवर्क प्याकेज, भर्चुअल कक्षा र रेडियोबाट पनि पठनपाठनलाई निरन्तरता दिएको छ। वैकल्पिक माध्यमबाट भएका पठनपाठनको पनि वैशाख देखि भदौ सम्मको शुल्क नलिने अध्यक्ष मास्केले जनाए । प्याब्सन सिन्धुलीमा जिल्लाका ३३ वटा निजी विद्यालय आबद्ध छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस