समाचार

प्रदेश १ मा १७९ सङ्क्रमित थपिए, ३६३ जना निको भए

covid 19 test positive

१८ असोज, मोरङ । पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा  १७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सोही अवधिमा आज सबैभन्दा बढी ३६३ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । आज थपिएकामा ६८ महिला र १११ पुरुष छन् ।

नयाँ सङ्क्रमित मोरङमा ८७ मध्ये विराटनगरमा ६९, सुनसरीमा ६४, झापामा १८, खोटाङमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या सात हजार ६११ पुगेको छ भने अहिलेसम्ममा चार हजार ८८ जना निको भएर घर फर्किएका छन् । सोही अवधिमा ६६६ जनासहित अहिलेसम्ममा एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *