खेलकुद समाचार

५७ वर्षपछि लिभरपुलको पोस्टमा एस्टन भिल्लाको ७ गोल

liverpool lost

१९ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुललाई एस्टन भिल्लाले ७-२ गोलले पराजित गरेको छ।

कीर्तिमानी रकम खर्चेर भिल्लाले अनुबन्ध गरेको वाट्किन्सले आइतबार रातिको खेल अघि कहिल्यै प्रिमियर लिगमा गोल गरेका थिएनन् । तर, लिभरपुलको हाइलाइन र व्यक्तिगत गल्तीको फाइदा उठाउँदै ३९ मिनेटभित्र आफ्नो ह्याट्रिक पूरा गरे ।

कप्तान ज्याक ग्रिलिसले दुई गोल गरे भने तीनवटा गोलको अवसर सिर्जना गरे । अन्य गोल जोन म्याक गिन र रोस बार्क्लेले गरे । लिभरपुलका लागि मोहमद शलाहले दुई गोल  गरे पनि उक्त गोल सान्तवना गोल मात्र बन्यो ।

लिभरपुलले एउटा खेलमा सात गोल खाएको सन् १९६३ पछि पहिलो पटक हो भने प्रिमियर लिगमा सन् २०१९ को जनवरी पछि पराजित भएको यो मात्र चौँथो पटक हो । गत सिजन अन्तिम दिनमा रेलिगेसनबाट जोगिएको भिल्लाले सन् १९६२ पछि कै उत्कृष्ट शुरुवात गर्दै लिभरपुललाई उछिन्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

चोट र कोरोनाभाइरसका कारण गोलकिपर एलिसन, साडियो माने र थियागो बिना मैदानमा उत्रेको लिभरपुलले योर्गन क्लपको नेतृत्वमा बेहोरेको सबैभन्दा लज्जास्पद पराजय हो । यसअघि पहिलो रोजाइको टोली क्लब विश्वकपमा भाग लिँदा काराबाओ कपमा अन्डर २३ टोली उतार्दा लिभरपुल ५–० ले पराजित भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस