समाचार

गुल्मीमा मदिरा पिएर आएका छोराद्वारा बाबुको हत्या

hattya

१९ असोज, गुल्मी । गाउँमा मदिरा पिएर आएका छोराको आक्रमणबाट बाबुको मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर ४ दोहली बाझ टोलका ६० वर्षीय दिलबहादुर बस्नेतलाई उनकै छोरा अनिल बद्नेतले धारिलो हतियारले आक्रमण गर्दा मृत्यु भएको हो ।

मरणासन्न अवस्थामा रहेका उनलाई उपचारका लागि पाल्पा पठाइएको र त्यहाँबाट बुटवल पठाउने क्रममा गए राति नै मृत्यु भएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी केदारराज पन्तले जानकारी दिए ।

आइतबार साँझ करिब ७ बजेको समयमा अन्दाजी २५ वर्षीय छोरा अनिलले मदिरा सेवन गरी विवाददका क्रममा बाबुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ । उनी रातिदेखि नै फरार रहेको र खोजि कार्य भइ रहेको डिएसपी पन्तले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *