खेलकुद समाचार

आईपीएल : चेन्नईद्वारा पञ्जाब १० विकेटले पराजित

chennai

१९ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविकको उपविजेता चेन्नई सुपर किङ्सले दोस्रो जित निकालेको छ । यूएईमा राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो ।

पञ्जाबले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा नटआउट रहँदै ओपनर शेन वाटसनले ८३ तथा फाफ डुब्लेसिसले ८७ रनले बनाउँदै १८१ रनको साझेदारी गरे । चेन्नईका लागि पहिलो विकेटका लागि गरिएको यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि माइक हस्सी र मुरली विजयीले सन २०११ मा बैंग्लुरुविरुद्ध १५९ रनको साझेदारी गरेका थिए ।

यसअघि, पञ्जाबले ४ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । कप्तान लोकश राहुलले सर्वाधिक ६३ तथा निकोलस पुरनले १७ बलमा ३३ रन बनाए । चेन्नईको सिजनको यो दोस्रो जीत हो । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको चेन्नईले त्यसयता लगातार तीन खेल हारेको थियो ।

यता, चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले अर्को कीर्तिमान बनाएका छन् । उनी आईपीएलमा १ सयवटा क्याच लिने दोस्रो विकेटकिपर बनेका छन् । उनीभन्दा अघि कोलकाताका कप्तान दिनेश कार्तिक मात्र रहेका छन् । उनले १ सय ३ क्याच लिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस