
१९ असोज, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस