समाचार

कोरोना संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु

covid 19 dead

१९ असोज, बुटवल । कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका १३ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले जानकारी दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा आइतबार बिहान ९ बजे ज्वरो र स्वास प्रस्वासमा समस्या आएपछि भर्ना भएकी भएकी थिइन् । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना पुष्टि आइतबार नै भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस