विश्व/प्रवास

कोरोना महामारी : विश्वभर संक्रमितको संख्या ३ करोड ५० लाख नाघ्यो

Australia coronavirus

१९ असोज, काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ३ करोड ५० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसाचर अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या तीन करोड ५० लाख ७९ हजार १५२ पुगेको छ ।

अमेरिकामा सबैभन्दा धेरै ७४ लाख १७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने भारतमा ६६ लाख २३ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ४९ लाख नाघेको छ भने रुसमा १२ लाख नौ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ३६ हजार ११ पुगेको छ । अमेरिकामा सबैभन्दा धेरै दुई लाख नौ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ४६ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै भारतमा एक लाख दुई हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *