
१९ असोज, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमबाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्र्याक्टर सोमबार बिहान बलीथुमको टापुमा दुर्घटना भएको हो । दुर्घटनामा परि ट्र्याक्टरमा सवार गुल्मी दरबार गाउँपालिका १ माझीगाउँ बस्ने वर्ष १६ का धनबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । उनको ट्र्याक्टरको चक्काले च्यापेर मृत्यु भएको हो ।
दुर्घटनामा परि गुल्मी दरबार गाउँपालिका १ माझीगाँऊ बस्ने वर्ष १५ वर्षका लालबहादुर बुढामगर र ट्र्याक्टर चालक कपिलवस्तु घर भएका वर्ष ३० का रेशम ताम्राकार घाइते भएका छन् । घाइतेहरुको अहिले स्थानीय शुभ सारथी मेडिकल मजुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रावलले जानकारी दिए । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।