समाचार

बाजुरामा एकै परिवारका ५ जना ४ दिनदेखि बेपत्ता

Bepatta

१९ असोज, कैलाली । शुक्रबारदेखि बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा एक परिवारका ५ जना अझै भेटिएका छन् । प्रहरीले जनाए अनुसार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

प्रहरीका अनुसार कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन् सिंह ठगुन्नाका अनुसार छोराछोरीसहित कवाडी नदीमा नुहाउन गएकी उनी नुहाउने क्रममा बेपत्ता भएको हो । घटना भएलगत्तै प्रहरी निरीक्षक ठगुन्नासहितको टोली खोजी कार्य रहेको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेका छन् । तर, ४ दिनसम्म पनि अवस्था अज्ञात रहेको उनले प्रहरीले जनाएको छ ।

कवाडी नदी र कर्णाली नदीको दुरी २०० मिटर मात्रै छ । कवाडी नदीबाट बगेर कर्णाली नदीमा गएको हुन सक्ने उनले बताए ।
‘हामीले धेरै ठाउँमा खोजी गरिसकेका छौँ,’ उनले भने, ‘अहिलेसम्म कतै कोही भेटिएका छैनन् ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *