समाचार

डा.केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेछः साझा पार्टी

dr kc

१९ असोज, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका विभिन्न माग राखी २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारले उदासीनता देखाएको भन्दै साझा पार्टीले चिन्ता प्रकट गरेको छ । साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गरी डा.केसीको स्वास्थ्य स्थितिप्रति गम्भीर चिन्ता प्रकट गरेका हुन् ।

विज्ञप्तिमा डा.केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् भन्ने प्रश्न गर्दै सरकारलाई त्यसको व्याख्या गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छः डा.केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा.केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपर्यो।’

डा. केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा भए पनि यिनै दलले पटक-पटक सरकारको नेतृत्व गर्दा पनि उस्तै माग राखेर पटक-पटक अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको साझा पार्टीले बताएको छ ।

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र डा. केसी ६ पटक अनशन बसिसकेको उल्लेख गर्दै साझा पार्टीले यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको र वार्ता टोलीसम्म गठन नगर्नु दु:खद भएको बताएको छ । ‘के सरकारले डा. केसीलाई मार्नै खोजेको हो?’ भनेर पनि सरकारसँग प्रश्न गरेको छ ।

सो पार्टीले २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुनः अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन भन्ने प्रश्न समेत गरेको छ ।

डा.केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दवावमूलक प्रदर्शन गर्दै आएको समेत स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छः  ‘सरकारी वेवास्ताले डा.केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेमा हामी समयमै सचेत गराउन चाहन्छौँ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *