बैँक / वित्त

मुक्तिनाथ विकास बैंकद्धारा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण

muktinath water tank

१९ असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिकाको बसपार्कमा शुद्ध पिउने पानी ट्याङकी हस्तान्तरण गरेको छ ।

उक्त शुद्ध पिउने पानी ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि दिपक थापाले मुक्तिनाथ विकास बैंक नाफामा मात्र केन्द्रित नभई सामाजिक कार्यहरुमा समेत सहभागी भई गरेको विभिन्न सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

धनगढी उप–महानगरपालिकाको बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने भएकोले यात्रुको सहजताको लागि शुद्ध पिउने पानी ट्याङकीको निर्माण गरिएको बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस