
१९ असोज, काठमाडौं । कर्मचारीमा कोरोना देखिएपछि ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा आइतबार कोरोना देखिएपछि (सोमबार) आजदेखि असोज २३ गतेसम्मलाई कार्यालय पूर्ण रुपमा बन्द गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिए ।
अग्रपंक्तिमा रहेमा सेवा दिने केही कर्मचारीमा कोरोना संक्रमण भएपछि अन्य कर्मचारीर सेवाग्राहीलाई फैलन नदिन कार्यालयका सबै सेवा पाँच दिनका लागि बन्द गरिएको छ, आचार्यले सूचनाार्फत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस