समाचार

अवैध घरेलु मदिरासहित ट्रक चालक र सहचालक पक्राउ

madira nasta

१९ असोज, वाग्मती । जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट करिब १ हजार लिटर अवैध घरेलु मदिरा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ बस्ने ट्रक चालक ३७ वर्षीय भीमसेन पुलामी तथा हेटौंडा–१४ बस्ने सहचालक ३३ वर्षीय लक्ष्मण वल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १ ख ५४०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाइराखेको उक्त मदिरा फेला पारी ट्रक चालक पुलामी र सहचालक बललाई पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय सिमरा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस