
१९ असोज, काठमाडौं । प्रदेश नं ५ को अवरुद्ध प्रदेश सभाको बैठक शुरु हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र तोडफोड शुरु गरेका छन् ।
सभामा प्रदेश नं ५ राजधानी दाङ भालुवाङ सार्ने र लुम्बिनी नामाकरण गर्ने विषयमा सहमती जुट्न नसक्दा प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र तोडफोड शुरु गरेका हुन् ।
प्रदेश ५ को मन्त्रिपरिषद्ले प्रदेशको नाम लुम्बिनी र दाङमा स्थायी राजधानी सार्ने प्रस्ताव पेश गरेको छ । तर प्रतिपक्षी दल कांग्रेसले एकलौटी तवरले निर्णय गरेको भन्दै राजधानी तोक्ने र नामाकरण गर्ने विषयमा असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस