
१९ असोज, काठमाडौं । इसेवा मनि ट्रान्सफरले नेपालीहरूको महान चाड दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत इसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय बराबरको रिचार्ज जित्न सकिन्छ ।
इसेवा मनि ट्रान्सफरका एजेन्टमार्फत रकम प्राप्त गर्दा सय बराबरको रिचार्ज पाइने छ भने सिधै इसेवा खातामा रकम प्राप्त गर्दा इसेवा खातामा सय बोनस प्राप्त गर्न सकिनेछ । यो योजना मंसिर ६ गतेसम्म लागु हुनेछ । यो योजना विदेशबाट रेमिट्यान्स पठाउनेको हकमा मात्र लागु हुनेछ ।
रेमिट्यान्स क्षेत्रलाई सरल र छिटो बनाउनको लागी अग्रसर रहकोे इसेवा मनि ट्रान्सफरले जापान, मलेसिया, बहराइन, युएसएका साथै युरोपियन मलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ ।
हालको विशम परिस्थितिमा डिजिटल माध्यमबाट पठाइने रकम नै सुरक्षित, समयको बचत तथा आर्थिक फाइदा मिल्ने हुनाले नेपालको रेमिट्यान्स क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाइ छ ।