समाचार

काठमाडौंमा उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि

new road

१९ असोज, काठमाडौं । काठमाडौंमा उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका १ हजार १७८, भक्तपुरका १०३ र ललितपुरका २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, नेपालमा थप  २ हजार ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस